काठमाडाैं,१४ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताउनु भएको छ ।
अहिले देशकाे आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने उहाँकाे भनाइ छ ।
उपाध्यक्ष ज्ञवालीले न्यूनतम साझा कार्यक्रम बनाएर ५ वर्ष वामपन्थीले मुलुक सञ्चालन गर्न सबै तयार हुनुपर्ने र यसले मात्रै मुलुकको संकटलाई पार लगाउने बताउनुभयाे ।
माओवादी लगायत अन्य कम्युनिष्ट पार्टीलाई भाइ कांग्रेस नबन्न सुझाव दिँदै उहाँले भाइ कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने समेत बताउनुभयाे ।
उपाध्यक्ष ज्ञवालीले विगतमा भएका तितामिठा कुरा बिर्सदै एमालेसँग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीहरुलाई आह्वान पनि गर्नुभयो । उहाँले पार्टी नफुटेको भए एमालेको बहुमत वा ठूलो पार्टी बन्न सक्ने चुनावबाट देखिएकाे समेत बताउनुभयाे ।
एमालेले मात्र देशलाई सही दिशा दिने भएकाले सबै कम्युनिष्ट एमालेमा गाेलबद्ध हुुनभएकाे विकल्प नभएकाे उपाध्यक्ष ज्ञवालीले बताउनुभयाे ।




















