• तेजबहादुर बन

इटहरी । लामो समयदेखि बिवादमा रहेको इटहरी बजार अब शनिबार या बिहीबार बन्द हुने बारो आगामि असार १४ गतेको उद्योग बाणिज्य संघ इटहरीको निर्वाचनबाट तय गरिने भएको छ ।

ब्यवसायीहरू बिच नै मतभेद बढिरहेको अवस्थामा यसको निर्णय पनि आगामि १४ गते हुने निर्वाचनबाट टुंगो लाग्ने भएको हो । लामो समयदेखि इटहरी बिहीबार बन्द हुदै आइरहेको छ ।

केहि समय अघाडी ब्यवसायीहरूले नै अब इटहरीलाइ शनिबार बन्द गरी बिहीबार खुलाउनुपर्ने अडान राख्दै आएका थिए भने केहिले बिहीबार नै ठिक भन्दै सहमति जनाउदै अाएका छन । बिहीबार बन्द गरिदा ब्यपार ब्यवसाय चौपट बनिनुका साथै इटहरी बजार सुनसान हुने ब्यवसायीहरूको भनाइ छ ।

 

शनिबार प्राय सबै सरकारी तथा नीजि कार्यालयहरू बन्द रहेका कारण त्यति किनमेल र ब्यपार नहुने त्यस्तै कर्मचारीहरूले पनि शनिबारको दिन नै रोजेकोले अब इटहरीलाइ शनिबार नै बन्द गरिनुपर्ने ब्यवसायीहरूको भनाइ छ ।

आगामि असार १४ गते इटहरी उद्योग बाणिज्य संघले नयाँ नेतृत्व संगै इटहरीलाइ कुन दिन बन्द गराउने त्यसको ठोस निर्णय आउनेमा आफुहरू ढुक्क बनेको उद्योग बाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष तथा अहिलेका अध्यक्ष पदका दाबेदार शैलेस बिष्टले बताए ।