गाईघाट,२१ माघ । नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन)को उदयपुरको जिल्ला कमिटी गठन भएको छ । शनिवार गाईघाटमा भएको दोस्रो जिल्ला अधिवेशनबाट इ. उत्सव श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको हो ।
त्यसैगरी कमिटीको सचिवमा इ.सन्तोष राई कोषाध्यक्षमा इ.शर्मिला रेग्मी र सदस्यहरुमा अनुपराज कार्की इ. सुशान्त दाहाल इ.ध्रुबराज कार्की इ. विराज तिम्सिना इ.सुशील राई चयन भएका छन् ।
बाकीँ १ जना सदस्य नव गठित कमिटीको पहिलो बैठकबाट मनोनित गरिने निवर्तमान अध्यक्ष बुद्धिनाथ तिम्सिनाले जानकारी दिए ।
पिनका जिल्ला अध्यक्ष इ. बुद्धिनाथ तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेकपा एमाले उदयपुर जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेको प्रमुख अतिथ्यता र जिल्ला कमिटी सचिव तथा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको बिशिष्ठ आतिथ्यता रहेको थियो ।
नव गठित कमिटीलाई एमाले उदयपुर जिल्ला कमिटी सदस्य तथा पिन इन्चार्ज वसन्त मगर पिनका केन्द्रिय सदस्य एवंम पिन उदयपुर इञ्चार्ज इ.जानप घिमिरे लगायतले बधाई तथा कार्यकालको शुभकामना व्याक्त गरेका थिए ।
जिल्ला भरीका प्रगतिशिल इन्जिनियरहरुको बाक्लो उपस्थितिमा भव्यआयोजना भएको अधिवेशनमा स्वागत भाषण इ.वसन्त मगरले गरेका थिए भने इ.जानप घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।





















