काठमाडौं,२१ माघ  । नेकपा एकीकृत समाजवादीले एक्लै निर्वाचन लडेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमाले १३-१३ सीटमा सीमित हुने निष्कर्ष निकालेको छ । माओवादी एक्लै चुनाव लडेको भए चार सीट मात्रै प्रतिनिधिसभामा जित्न सक्ने दाबी नेकपा एसको राजनीतिक प्रतिवेदनमा गरिएको छ ।

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा एमाले एक्लै चुनाव लडेको भए झापा २, झापा ४, झापा ५, धनकुटा १, उदयपुर २, धनुषा ३, ललितपुर २, कास्की २, कास्की ३, पाल्पा १ र कपिलवस्तु १) मा मात्रै जित्न सक्ने निष्कर्ष निकालिएको छ ।

यस्तै एमालेले महोत्तरी १, सिराहा १, सिराहा ३, सर्लाही ३, धनुषा ४, बारा १, बारा ३ र पर्सा ३ मा जसपाको मत पाएर जितेको दाबी गरिएको छ । रुपन्देही १ र २ मा राप्रपाको मत पाएर जितेको प्रतिवेदनमा उल्लेख छ । सुनसरी २ मा जसपाको र बाँके १ मा राप्रपाको मत एमालेले नपाएको भए एमाले उम्मेदवार पराजित हुने दाबी गरिएको छ ।

यस्तै कांग्रेस एक्लै निर्वाचन लडेको भए झापा १, मोरङ ३, मोरङ ६, रसुवा १, नुवाकोट २, मनाङ १, तनहुँ १, स्याङ्जा २, नवलपरासी पूर्व १, सुर्खेत १, बाजुरा १, डडेलधुरा १ र कञ्चनपुर ३ मा मात्रै जित्ने दाबी नेकपा एसको छ ।

२१ वटा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रको मत पाएर कांग्रेस विजयी भएको नेकपा एसको दाबी छ । सङ्खुवासभा १, ओखलढुङ्गा १, धनुषा २, रामेछाप १, सिन्धुली १, धादिङ २, ललितपुर १, सिन्धुपाल्चोक २, गोरखा १, स्याङ्जा १, मुस्ताङ १, म्याग्दी १, गुल्मी १, पूर्वी नवलपरासी १, कपिलवस्तु २, दाबी ३, बाँके ३, बर्दिया १, सुर्खेत २, दार्चुला १ र कञ्चनपुर २ मा कांग्रेस माअ‍ोवादीको मतले जितेको प्रतिवेदनमा उल्लेख छ ।