काठमाडौं,२ फागुन । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को २३औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ड्रोन उडाएर २३औं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्नुभयो। काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित उद्घाटन समारोहलाई अनेरास्ववियुले प्रविधियुक्त बनाएको हो ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नारासाथ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ भने १५ सदस्यीय तीन वटा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य चयन गर्नेछ ।