पोखरा,३ फागुन । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको दिन भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक बिदामा उक्त दिन समावेश गरिएको हो ।
गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो । संघ सरकारले दिएकाबाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।
यो पनि :- सुन्दरहरैँचामा 'विराटचाैक महाेत्सव हुने',यस्तो छ महाेत्सवको आकर्षण
- लागूऔषधसहित श्रीमान् श्रीमती पक्राउ
कैलालीको धनगढीमा श्रीमान श्रीमती लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० खप्तड इँटाभट्टा नजिकबाट लागूऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका हुन् ।
८५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१५ का २३ वर्षीय हुकुम राना र श्रीमती २३ वर्षीया निलु चौधरी पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१–००९ प २५८३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार दुबै जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै गोदावरी नगरपालिका–१ का २४ वर्षीय सुमन थापा ४ ग्राम ३९० मिलिग्रामसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले थापालाई घरबाटै पक्राउ गरेको हो ।


