विराटचोक,१५  चैत । नेकपा एमालेको भातृ संगठन रास्ट्रीय युवा संघ नेपालले  मोरङ जिल्ला कमिटीको घोषणा गरेको छ । मंगलबार सुन्दरहरैँचाको त्रिवेणी रिसोर्टमा भएको कार्यक्रमले प्रविण घिमिरेको सयोजक्त्वमा १५१ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको हो । सहसंयोजकमा विवेक भुजेल रहनु भएको छ ।

जिल्ला कमिटीका संयोजक प्रविण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका पोलिटव्युरो सदस्य तथा युवा संघका सह इञ्चार्ज महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेल,उपाध्यक्ष सन्तोष रावल,महासचिव क्षितिज थेवे लागायतका नेताहरुले जिल्ला कमिटीको घोषणा सहित प्रशिक्षण दिनु भएको युवा नितेश भुजेलले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस - सुन्दरहरैँचामा  एमाले निकट युवा संघको सन्ध्याकालीन प्रशिक्षण


May be an image of 11 people, people sitting and indoorयो पनि पढ्नुहोस -मिक्लाजुङमा एकैदिन एमालेको दुई जनबर्गिय संगठनको अधिवेशन सम्पन्न

उक्त कार्यक्रममा युवा संघका उपमहासचिव विजय डाँगी, केन्द्रिय नेताहरु मुकेश बुढाथोकी, मनोज राई,सुमन मिरिङचिङ,अन्जु सिग्देल लगायत जिल्लाका  तीन सयभन्दा बढि युवाहरुको उत्साहजनक उपास्थिति रहेको युवा संघ सुन्दरहरैँचाका नगर अध्यक्ष भविनजंग पाण्डेले जानकारी जानकारी दिनु भयो । कार्यक्रमको संचालन विवेक भुजेलले गर्नु भएको थियो।