काठमाडौं,२० चैत । नेकपा एमालेले उपनिर्वाचनका लागि बारा २ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तय भएको छ । मनोनयनको केही घण्टाअघि मात्रै एमालेले उम्मेदवार टुंगोलगाएको हो ।यसअघि साबिक बारा ३ र ६ बाट चुनाव जितेका पौडेलले पछिल्लो २ पटक टिकट पाएका थिएनन् । मंसिरको निर्वाचनमा यहाँ एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।
पार्टीका पोलिटव्युरो सदस्य तथा मधेश प्रदेश सह इन्चार्जसमेत रहेका पौडेल स्थानिय जनस्तरमा रुचाइएका व्यक्तिको रुपमा स्थापित छन । पार्टीका नेता कार्यकर्ता सँगको सरल र मिजासिलो व्याबहार भएका कारण धेरै जसो ग्रासरुटका कार्यकर्ताको रोजाईमा पर्ने नेताको रपमा स्थापित भएको निर्वाचन क्षेत्रका बासिन्दाहरुको भनाई रहेकोछ ।
पार्टीको भातृ संगठन नेपाल खेलकुद माहासंघको स्थापनागरी खेल र खेलाडीको लागि राम्रो योगदान गरेका पौडेलको जितको सुनिश्चिता हुने कुराको सामाजिक सञ्जालहरुमा चर्चा हुन् थालेको छ । पौडेल पुर्व युवा तथा खेलकुद मन्त्री समेत हुन् ।




















