बेलबारी,२२  चैत्र । नेकपा एमालेको मिसन ग्रासरुट अभियानको क्रममा पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ बेलबारी नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । 

मंगलबार बेलाबारीमा भएको अधिवेशनले विन्दुकला गुरुङको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमारोमा गौतम ,सचिवमा नैना राई  कोषाध्यक्षमा मञ्जु ढकाल पोखरेल लगायत सदस्यहरु चयन भएका छन् ।

64597622_462726531128150_973992041774055424_n ऐतिहासिक अधिवेशनको अवसरमा एमालेका ११ जना पुराना महिला नेतृहरु  लगायतलाई सम्मनान गरिएको पार्टीका नगर कमिटी अध्यक्ष ईरान राइले जानकारी दिए ।

अनेमसंघ लाई यो उचाइमा पुर्याएर सहज रूपमा नेतृत्व हस्तान्तरण निवर्तमान नगर समितिका अध्यक्ष गङ्‌गादेवी श्रेष्ठ, उपाध्यक्ष सुनिता चौधरी, सचिव आनन्द मोते, सहसचिव लगायतको  योगदानको उच्च मूल्याङ्‌कन गर्दै भविष्यले गर्विलो इतिहासरूपमा रहने कुरा अध्यक्ष राईले बताए ।

May be an image of 1 person, sitting and standingअनेमसंघकी अध्यक्ष गङ्‌गादेवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) पोलिटव्युरो सदस्य तथा राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहाल, अतिथिहरू एमालेका कोशी प्रदेश सचिवालय सदस्य तथा बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राई, मोरङ जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य ऋषिकेश पोख्रेल, कोशी प्रदेश सदस्य तथा संविधान सभा सदस्य रत्नदेवी गुरुङ (मधु), जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की, एमाले जिल्ला सदस्यहरू घनश्याम गौतम, रबिन थापा, गीता सिबा तथा बेलबारी नगर अध्यक्ष ईरानराई, उपाध्यक्ष कृष्ण गुरुङ लगायत रहेका थिए ।   कार्यक्रम संचालन निवर्तमान सचिव आनन्द मोतेले गरेकी थिइन ।

No photo description available. May be an image of 11 people, people sitting and people standingMay be an image of 12 people, people standing and people sitting