केराबारी,२२ चैत । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत मोरङको केराबारी गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  नेकपा एमाले ८ न वडा कमिटीको आयोजानामा बुधबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । 

उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्युरो सदस्य  देवेन्द्र दाहालले  प्रशिक्षण दिनु भएको थियो । राष्ट्रिय सभा संसदीयदलका नेता समेत रहनु भएको दाहालले मिसन ग्रासरुट अभियानको बारेमा प्रकास पार्दै पार्टीको सैद्दान्तिक र  बैचारिक कुराको बारेमा प्रशिक्षण दिनु भएको थियो । नेता दाहालले डिजिटल प्रविधि प्रयोगगरी सरल ढंगले प्रशिक्षण दिनु भएको र उक्त प्रशिक्षणबाट  पार्टी सम्बन्धि धेरै कुराको ज्ञान पाइएको सहभागीहरुले बताए ।  

57992899-d05e-4a6e-8d74-922e1cdd703aवडा कमिटीका अध्यक्ष राजनकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी कोशी प्रदेश कमिटीका सदस्य सुरेन्द्रबहादुर थापा, केन्द्रिय विभाग सदस्य बद्री अर्यालको विशिष्ट आतिथ्य रहेको थियो भने मोरङ जिल्ला कमिटी  उपसचिव शान्ती लिम्बू भुजेल, जिल्ला कमिटी सदस्य एवं केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ,नारायण भुजेल, गाउँपालिका कमिटी अध्यक्ष पूर्णबहादुर मगर,जेष्ठ कम्युनिष्ट मञ्चका जिल्ला सदस्य भद्रबहादुर थापा,बुद्दिजिवि हरी बस्नेत लागायतको उपास्थित रहेको थियो । 

वडा कमिटीका इञ्चार्ज पुष्प बस्नेतले  स्वागत मन्तव्य गर्नु भएको उक्त कार्यक्रम वडा कमिटीका  सचिव पुष्प बजगाईंले सँचालन गर्नु भएको थियो ।

f89a09c1-be23-41ae-9cb2-61cde429ad84 त्यसैगरी प्रशिक्षण कार्यक्रम सँगै राजनकुमार थापाको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी पनि पुनर्गठन गरीएको छ । कमिटीको उपाध्यक्षमा  टंककुमारी धमाला सचिवमा पुष्प वजगाई सह सचिहरुमा कृष्ण कार्की,कुमार भण्डारी र सदस्यहरुमा  छविलाल बास्तोला,इन्द्र मगर,थानेश्वर कार्की,दलबहादुर बस्नेत,विक्रम न्यौपाने, चन्द्रबहादुर कार्की,तारा लु‌‌ईटेल, अगम कार्की,गोमा चापागाई,विश्वास भुजेल,सुभाष सुवेदी,शेरबहादुर पोखरेल,हरिबाबु ढकाल,कृष्ण निरौला,थिरमाया बिष्ट,डम्वरकुमारी ढुङ्गाना (वविता),कल्पना बस्नेत,अभिषेक बस्नेत, बलबहादुर रोक्का रहेका छन् ।

  पुर्नगठित कमिटीका पदाधिकारी,सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि अभियानका केन्द्रिय अभियन्ता एवं पोलिटव्युरो सदस्य देवेन्द्र दाहालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

पुर्नगठित कमिटीलाई जिल्ला कमिटी सदस्य एवं केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले  बधाई तथा सफल कार्यकालको शुभकामना मन्तव्य व्याक्त गर्नुभएको थियो ।