विराटचोक,२७ चैत । नेकपा एमालेको ‘मिसन ग्रासरुट अभियान’ सँगै मोरङको सुन्दरहरैंचाको ८ नम्बर वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । सोमबार सलकपुरमा भएको दोस्रो वडा अधिवेशनको उदघाटन कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले कोशी प्रदेश कमिटी सचिव तथा प्रदेशसभा सदस्य चिन्तन पाठकले गर्नुभएको थियो ।
कार्यक्रमको उदघाटन सत्रमा पार्टीले मरोपरांत ८ जना र ज्येष्ठ नागरिक सहित पार्टीलाई योगदान पुर्याएको भन्दै २५ जनालाई प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरिएको वडा कमिटीका निवर्तमान सचिव महेश अधिकारीले जानकारी दिनु भयो ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालको विशिष्ट आतिथ्यता पार्टीका प्रदेश कमिटीका सदस्यहरु राजकुमार ओझा,बीरेन्द्र श्रेष्ठ,पार्टी केन्द्रिय विभाग सदस्य बद्री अर्याल, जिल्ला कमिटी सचिवालय सदस्यहरु सन्तोष वान्तवा,रोशननाथ उप्रेती जिल्ला कमिटी सदस्य राम लुइँटेल,सुन्दरहरैंचा नगर अध्यक्ष मातृकाप्रसाद ढकाल,उपाध्यक्ष तथा नगर उपप्रमुख अकली चौधरी,सचिव सन्तोष घिमिरे,उपसचिव डिल्लीप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो ।
वडा कमिटीका अध्यक्ष छत्रपति दाहाल (बाबुराम)को अध्यक्षतामा भएको कार्यक्रमलाई वडा कमिटीका सचिव महेश अधिकारीले सँचालन गर्नु भएको थियो भने नगर कमिटी सचिवालय सदस्य उर्मिला शर्मा रिजालले स्वागत मन्तव्य गर्नु भएको थियो ।
त्यसैगरी अधिवेशनको बन्दसत्र बाट २६ सदस्यीय वडा कमिटी गठन भएको छ । बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष बीरेन्द्र श्रेठले घोषणा गर्नुभएको कमिटीको अध्यक्ष छत्रपति दाहाल (बाबुराम), उपाध्यक्षमा सिर्जना शिवा,सचिवमा मनोज कार्की,उप-सचिवहरुमा राजेश कार्की,दीपक ढकाल र सदस्यहरु चयन हुनुभएको छ ।
नव गठित कमिटीलाई लेएमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल पद तथा गोपनियताको सपथ ग्रहणगराउनु भएको थियो । बन्दसत्रको कार्यक्रम जिल्ला कमिटी सचिवालय सदस्य रोशननाथ उप्रेतीले सँचालन गर्नु भएको थियो । 





















