गाइघाट,२८ चैत ।  नेकपा एमाले उदयपुरले मिसन ग्रासरुट अभियानमा १५ हजार कार्यकर्ता परिचालन भएको जनाएको छ ।

प्रेस चौतारीको आयोजनामा आज उदयपुर सदरमुकाम गाईघाटमा पत्रकारसँग मिसन ग्रासरुट अभियान अन्तरसंवाद तथा प्रगति सार्वजनिक कार्यक्रममा ६९० टोल कमिटी गठन तथा परिचालन गरिएको जानकारी गराईएको हो ।

ग्रासरुट अभियान अन्तरगत उदयपुरमा जिल्ला कमिटीमा ११८, पालिका कमिटिमा ७२०, वडा कमिटिमा २ हजार ३२५ र टोल कमिटिमा ९ हजार ७५० जना नेता कार्यकर्ता परिचालित भएको एमाले उदयपुरका अध्यक्ष प्रमेश्वर घिमिरेले बताए । 

यो पनि पढ्नुहोस - रित्तिन थाल्यो माधव नेपालको पार्टी : जिल्ला अध्यक्ष र प्रदेश कमिटीका प्रभावशाली नेता एमाले प्रवेश

उदयपुरमा फागुन १४ गते जिल्ला कमिटिको बिस्तरित बैठक बसेर सुरु भएको अभियानले संगठनात्मक कामलाई प्राथमिकता दिदैँ फागुन १५ देखि चैत्र २० गते सम्म पालिका, वार्ड र टोल स्तरीय कार्यक्रमहरु संचालन भएको अध्यक्ष घिमिरेको भनाई छ ।

patrakarएमालेले स्थानीय तहमा जहाँ अगुवाई त्यहाँ राम्रो काम गर्ने, जनताको सुखदुुःखका साथी बन्ने, कम्यूनिष्ट आचार र योगदानको सम्मान गर्ने, निर्वाचनको प्रतिवद्धता सुनुवाई गर्ने र बामपन्थी एकता बढ्ने जनाएको छ । “समृद्धिका लागी सञ्चार कर्म, प्रेस चौतारीको मुल मर्म” भन्ने नारका साथ सञ्चालन गरिएको कार्यक्रम गाईघाटको आर एन होटलमा गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका उपसचिव टेक बहादुर राउत, एमालेका नेतृ तथा त्रियुगा नगरपालिकाकी ईन्चार्ज महेश्वरी राई, नेकपा एमालेबाट प्रेस चौतारीका ईन्चार्ज सन्तोष बस्नेत, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, प्रेस चौतारीका केन्द्रीय सदस्य द्वय तुलसी प्रसाद कोईराला र सुमित्रा कोईराला, प्रेस सेन्टरका केन्द्रीय सदस्य भोटराज राई लगाएतको उपस्थिति रहेको थियो ।

मिसन ग्रासरुटको उपलब्धि :

१. ७५ वडा ६९० टोल कमिटि गठन तथा परिचालन

२. १५००० संगठित कार्यकर्ता परिचालित

३. व्यवस्थित कार्यालय, व्यवस्थित संरचना,

४. प्रशिक्षित कार्यकर्ता उत्साहित जनप्रतिनिधि,

५. व्यवस्थित संगठन,

६. पार्टी प्रवेश अभियानको तिब्रता र आकर्षण –

७. युवालाई काम जेष्ठ नागरिकलाई सम्मान अभियानको सुरुवात

८. विकासको अगुवाई र वर्गीय मुद्दाको नेतृत्व,

९. सामुदाय र सामुदायिक क्षेत्रमा एमाले,

१०. वाम लोकतान्त्रिक एंव प्रगतिशिल शक्तिहरू विच एकता अभियान,

११. जनताको सुख–दुखको साथी नेकपा एमाले,

१२. कम्युनिष्ट आचरण र श्रमको सम्मान,

१३. वर्तमान गठवन्धनको अवसरवादी, स्वार्थी र अस्थिर चरित्रको भण्डाफोर अभियान,

१४. निर्वाचनमा गरिएका प्रतिबद्दतालाई सुनुवाई

१५. समिक्षा, मूल्यांकन र प्रचार–प्रचार

१६. विगत निर्वाचनमा विजय भएको स्थानमा पार्टीले गरेको काम, प्राप्त गरेको उपलब्धी र पहलहरूका वारेमा व्यवस्थित सामाग्री तयार गरी जनताका विचमा स्थापित गर्ने,

१७. शक्ति सन्तुलनको विश्लेषण,विपक्ष रणनितीको अध्ययान र जनभावनाको सुक्ष्म विश्लेषण,

१८. तिनै तहको निर्वाचनमा वहुमत प्राप्त पहिलो शक्तिको रूपमा स्थापित गर्ने योजना ५० प्लस वान को आकांक्षा पुरा गर्ने लक्ष्य

१९. पार्टीको भूमिकालाई शशक्त, श्रृजनात्मक र प्रभावकारी वनाउने,

२०. नियमित पार्टि सुद्दिकरण र शुद्दिकरण अभियान संचालन