काठमाडौं,१०  बैशाख  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नै आफ्नो नेतृत्वको पार्टी नचल्ने निश्कर्षमा पुगको खुलासा गर्नुभएको छ ।

नेकपाको ७५औं स्थापना दिवसको अवसराम पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सो पार्टी नचल्ने निश्कर्षमा पुगेको तथ्य खोल्दै चाँडै समाजवादी मोर्चाको घोषणा र नेकपा माओवादी केन्द्रमा बिलय गर्ने योजना सुनाउनु भएको हो ।

सो पार्टीका तेस्रो बरियताका नेता मुकुन्द्र न्यौपानेले नेकपा एकीकृत समाजवादी जनताबाट पूर्णत अस्वीकार भएको र अव अगाडि जान नसक्ने भन्दै परित्याग गरेर स्थापना दिवसकै दिन नेकपा एमालेमा समाहित भइसक्नु भएको छ । अन्य दर्जनौं नेताहरु पनि एमालेमा समाहित हुनुभएको छ ।

न्यौपानेले नेकपा एस चल्दै चल्दैन भन्ने घोषणासहित एमालेमा समाहित भएको भोलिपल्ट आज आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पनि अव यो पार्टी अगाडि जान नसक्ने निश्कर्ष सुनाउनु भएको हो ।

‘हामीले बाम समाजवादी शक्तिसँग सहकार्यको नीति अगाडि सारेको छौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष सम्मानीय प्रधानमन्त्रीले छिटो घोषणा गरौं भन्नुभएको छ, हामी चाँडै समाजवादी मोर्चा बनाएर जनताका सामू घोषणा गरेर प्रस्तुत हुन गइरहेका छौं,’ नेपालले भन्नुभयो, ‘बिचार मिल्यो, नीति सिद्धान्त मिल्यो भने, राजनीतिक कार्यदिशा मिल्यो भने, साँगठानिक संसचना र पद मिल्यो भने अनि मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौं । हाम्रो (माधव–प्रचण्ड) दिलको धडकन त उस्तैउस्तै छ ।’ जनता टाइम्सबाट