चितवन,१२ बैशाख  । रास्वपाका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दा नउठाए सरकारलाई समर्थनको दिनुको औचित्य नहुने बताउनु भएको छ । मंगलबार बिहान चितवनमा सञ्चारकर्मीसँग लामिछानेले सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने बताउनु भएको हो ।

लामिछानेले न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने बुँदा हटेको भन्दै आपत्ति जनाउनु भयो।

‘सरकारलाई दिएको समर्थनको औचित्य पुष्टि हुनुपर्छ। न्युनतम साझा कार्यक्रममा भएको भ्रष्टाचारको छानबिन हुनपर्छ भन्ने बुँदा हट्यो।’ उहाँले भन्नुभयो, ‘सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने हो।’