चितवन,१२ बैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बागमति इञ्चार्ज काशिनाथ अधिकारीले माफी माग्नुभएको छ । चितवन २ को निर्वाचनमा खटिनुभएका कमाण्डर अधिकारीले चुनावमा सोचेभन्दा निकै कम मत आएपछि सामाजिक सञ्जालमार्फत माफी माग्नुभएको हो ।

अधिकारी चितवन निवासी हुनुहुन्छ । चुनावी अभियानमा मतदातालाई बुझाउन नसकेको भन्दै उहाँले माफी माग्नुभएको छ । ‘म आफ्नो कमजोरीका लागि क्षमा चाहन्छु । अबको आवश्यकता– निर्मम आत्मसमीक्षा र कठोर प्रयत्नको,’ अधिकारीले लेख्नुभएको छ ।

चितवन २ को उपनिर्वाचनमा रास्वपाकारवि लामिछाने अत्यन्तै धेरै मतान्तरसहित जीतको नजिक हुनुहुन्छ भने एमाले उम्मेदवार रामप्रसाद न्यौपाने तेस्रो स्थानमा रहनुभएका छ । यही बिषयलाई लिएरअधिकारीले माफी माग्दै निर्मम समिक्षा र कठोर प्रयत्नको अठोट गर्नुभएको छ ।