काठमाडाैं,१२ वैशाख । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बाेलाएकाे छ ।वैशाख २८ गते बस्नेगरी बैठक बैठक बाेलाइएकाे एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयाे । यसपालीकाे बैठक झापामा बस्ने उहाँले बताउनुभयाे ।
३० गतेसम्म चल्ने बैठकमा पार्टी ग्रासरुट अभियानकाे समीक्षा, हालै सम्पन्न प्रतिनिधि सभा सदस्य उपचुनावकाे समीक्षा, देशकाे पछिल्लाे राजनीतिक अवस्था लगायत विषयमा छलफल हुने बताइएकाे छ ।




















