विराटनगर,१७ वैशाख । नेकपा एमाले निकट अखिल नेपाल पिछडावर्ग महासंघ (ओबिसी) मोरङ जिल्ला कमिटीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मोरङ जिल्ला प्रशासन कार्यालय मार्फत आइतबार प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालय सिंहदरवार काठमाडौंलाई ज्ञापनपत्र बुझाएको हो ।
संघीय निजामती सेवा ऐनमा पिछडावर्गकाे कलष्टर हुनु पर्छ भन्ने माग राख्दै ज्ञापनपत्र बुझाएको पिछडावर्ग महासंघ मोरङका अध्यक्ष विष्णुकुमार कामतले बताउनु भयो । पिछडावर्ग महासंघले मोरङमा आजै बाट "पिछडावर्ग OBC ग्रासरूट तथा समस्या पहिचान अभियान" पनि संचालन भएको अध्यक्ष कामतले जानकारी दिनुभयो । अभियानमा लाग्न अध्यक्ष कामतले सबै पिछडावर्गमा अनुरोध गर्नु भयो ।
ज्ञापनपत्र बुझाउन पिछडावर्ग महासंघका केन्द्रीय उपाध्यक्ष बालेश्वर कामतको नेतृत्वमा गएको टोलीमा केन्द्रीय महासचिव जयप्रकाश महतो, मोरङ जिल्ला कमिटी तथा पालिकाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।





















