काठमाडौं,२७ बैशाख । नोपली कांग्रेसको आकस्मिक पदाधिकारी बैठकको रिपोर्टिङमा पुगेका पत्रकारहरुदाई देउवा निवास प्रवेशमा रोक लगाइएको छ । सूचना चुहिने डरले पत्रकारलाई गेटमै रोकिएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज आकस्मिक बैठक बोलाउनु भएको थियो । देउवा निवास धुम्बाराहीमा भएको बैठकको रिपोर्टिङमा गएका पत्रकारहरु करिब डेढ घन्टादेखि बाहिरै बस्नु परेको छ ।
पत्रकारहरुले बैठकको फोटो तथा भिडिओ खिच्न पटक पटक आग्रह गर्दा पनि गेटबाट भित्र जान निषेध गरिएको हो । कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेको र अन्य दुई नेतृसमेत पक्राउ पर्ने अवस्थामा रहेपछि देउवाले आकस्मिक बैठक बोलाउनु भएको हो ।




















