• ✍️ बिष्णु कार्की 
विराटचोक,५ जेठ  । मोरङको सुन्दरहरैंचा स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिमा नेकपा एमालेको तर्फबाट सचिव पदमा मीनप्रसाद लिम्बू  उम्मेदवार बनेका छन् ।

ताप्लेजुङ्गको साबिक फुलबारी गाबिस ७ मा २०२२ सालमा जमिएका लिम्बु हाल सुन्दरहरैंचा नगरपालिकाको  १२ नम्बर वडामा २०६६ सालदेखि स्थायी रुपमा बसोबास गर्दै आएका  छन ।

१ दर्जन भन्दा बढि विभिन्न संघ संस्थामा रही राम्रो अनुभव बटुली सकेका  लिम्बू इमान्दार र स्वच्छ छवि भएका व्याक्तिको रुपमा परिचित छन् । स्नाकोत्तर तह सम्मको शिक्षा हाशिल गरिसकेका र राम्रो भिजनरी भएको व्याक्तिलाई एमालेले समितिको सचिव पदमा  उम्मेदवार बनाए संगै यतिखेर उनको चर्चा चुलिएको छ ।

जनजातीको समुदायको राम्रो बाहुल्यता रहेको सुन्दरहरैंचामा एमालेले मीनप्रसाद लिम्बूलाई समितिको सचिव पदमा उम्मेदवार बनाए संगै जित्ने आधार सहज बनेको छ । एमालेले अध्यक्षका लागि  सुन्दरहरैंचा १० निवाशी  सुरेन्द्रबहादुर थापालाई उम्मेदवार बनाएको छ । कानुन विषयमा  बिएल सम्मको अध्यन गरेका थापा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य समेत हुन् ।

११ सदस्यिय कार्यसमिती रहने उक्त उपभोक्ता समितिको  जेठ १३ गते साधारण सभा हुने भएको छ । सुन्दरहरैंचा  १० मा रहेको इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनामा सुन्दरहरैंचाका  ९, १०,११, र १२ न. वडाका ७ हजार भन्दा बढि उपभोक्ताहरु रहेका छन् ।