विराटचोक,१३ जेठ । यतिखेर मोरङको सुन्दरहरैंचा स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिको नयाँ कार्य समिती चयनको लागि निर्वाचन हुने देखिएको छ । उक्त निर्वाचनको मिति नजिकिए संगै सुरेन्द्र थापा नेतृत्वको समुहले उपभोक्ताहरुसंग भोट माग्न घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ ।
जेठ २० गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र थापा सहित उनका समुहको चर्चा चुलिदै गएको छ । गाउँ गाउँबाट उपभोक्ताहरुको जनलहर बढेको छ भने थापा समूहको जित निश्चित नै जस्तो देखिएको छ । ११ सदस्यीय कार्यसमिती रहने उक्त समुहको समावेशी उम्मेदवार भएको कारण जित्ने प्रमुख आधारहरु देखिएको छ ।
चर्चित युवा भविन पाण्डे सोही समूहबाट उम्मेदवार भएका कारण पनि अधिकांस युवाहरुको साथले अध्यक्षका उम्मेदवार थापालाई जित्न सहज बनेको छ । लामो समय बैंक तथा वित्तीय क्षेत्रमा काम गरेर राम्रो अनुभव बटुलेका व्यक्ती हेमराज सुवेदीलाई लेखा समितीको संयोजकको उम्मेदवार बनाएकोले संस्था चलाउन राम्रो टिम बनेको भन्दै थापा समुहलाई यो पटक काम गर्न मौका दिनु पर्छ भन्ने धेरैजसो उपभोक्ताहरुको भनाई रहेको छ ।
थापाको समूहबाट महिला उपाध्यक्षमा आशादेवी राई,उपाध्यक्षमा जय सिटौला, सचिवमा मीनप्रसाद लिम्बू,कोषाध्यक्षमा पुण्यप्रसाद आचार्य र सदस्यहरुमा भविन पाण्डे,हिमा पोखरेल,लक्ष्मी थापा,मन्सुर आलम,बिपना श्रेष्ठ,दीपनारायण चौधरी र लेखा समितीको संयोजकमा हेमराज सुवेदी,सदस्यहरुमा उमा सेढाई,जगतलाल चौधरी उम्मेदवार रहेका छन् ।
सुन्दरहरैंचा १० मा रहेको इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनामा सुन्दरहरैंचाका ९, १०,११, र १२ न. वडाका ७ हजार २ सय भन्दा बढि उपभोक्ताहरु रहेका छन् ।
को हुन् सुरेन्द्रबहादुर थापा ?
इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिमा अध्यक्ष पदका उम्मेदवार बनेका सुरेन्द्रबहादुर थापा सुन्दरहरैंचा १० का स्थायी वासिन्दा हुन् । बुबा बमबहादुर र आमा जमुना देवी थापाको साहिला छोराको रुपमा साबिक इन्द्रपुर गाबिस वडा न. ३ हाल (सुन्दरहरैंचा १०) मा २०२५ सालमा जन्मिएका थापा हक्की स्वभाव र स्पष्ट बक्ता हुन् ।
आर्थिकरुपमा सम्पन्न परिवारमा जन्मिएका उनि सानै उमेर देखिनै सहयोगी भावनाका रहेका छन् । कानुनी क्षेत्रमा राम्रो ज्ञान हासिल गरेका थापाले बिएल सम्मको अध्यन पुरा गरेका छन् । नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य समेत रहेका उनि कुशल नेतृत्व क्षमताका कारण पार्टीका धेरै जसो नेता कार्यकर्ताहरुको रोजाई पर्ने व्यक्तीको रुपमा स्थापित छन ।
अहिले ७ हजार ५ सय लिटर पानी १ सय ५ रुपयाँ उपभोग गरिरहेका उपभोक्ताहरुलाई सोही महसुलमा दस हजार लिटर पानि उपलब्ध गराउने थापाले प्रतिबद्दता जनाउदै आएका छन् । राजनितीलाई पेशा हैन सेवाको रुपमा गर्नु पर्छ भन्ने सोच राखेका थापा इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिको अध्यक्ष पदका लागि उपभोक्ताहरुको रोजाईमा पर्न थालेका छन् ।



