काठमाडौं,१७ जेठ  । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेण्डुप दोर्जेको संज्ञा दिएका छन् । राष्ट्रघाती भनिएको नागरिकता विधेयक प्रमाणिकरण गराएर भारत भ्रमणमा गएका प्रचण्डलाई त्यहाँको सामान्य राज्यमन्त्रीले स्वागत गरेपछि नेता रिजालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

तत्कालीन समयमा जंग बहादुरले एक्काइस तोपको सलामीसहित एलिजावेथ नै लिन आउनुपर्छ भनेर नेपालको साख उचो पारेको रिजालको भनाई छ ।

हेर त लेण्डुपको हालत नागरिकता बिद्येयक ऐनको पाहुरसहित घॅुडा टेकेको त्यो पनि राज्यमन्त्रीसॅग, नेता रिजाल लेख्छन्, हामी नेपालीको हबिगत कठै, आज प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विमानस्थलमा फेरि एक राज्यमन्त्री पठाएछ भारतले । यसो हेर्दा भारतले हेप्न पाएको बेला नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न राज्यमन्त्री पठाउने जस्तो लाग्यो ।

किनभने ०७४ यता हेर्ने हो भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७४ चैत २३ गते गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।, रिजाल अगाडी लेख्छन्, यस्तै शेरबहादुर देउवालाई २०७४ भदौ ७ गते स्वागत गर्न बिदेश मन्त्री सुष्मा स्वराज आएकी थिइन। तर उनै देउवालाई स्वागत गर्न २०७८ चैत १८ गते भने भारतले रक्षा एवं पर्यटन राज्यमन्त्री अजय भट्ट पठाएको थियो ।

नागरिकता विधेयक पास नगरी गएको भए सामान्य सचिवलाई नै पो पठाउथ्यो कि भन्दै रिजालले टिप्पणी गरेका छन् ।