सुन्दरहरैँचा,२५ जेठ  । माेरङकाे सुन्दरहरैँचा स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे नव निर्वाचित पदाधिकारीले  प्रमाणपत्र प्राप्त  गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।

May be an image of 13 people and textइन्द्रपुर खानेपानीकाे प्राङगणमा बुधबार निर्बाचित पदाधिकारीहरूले  प्रमाणपत्र प्राप्त  गर्नुका  साथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्  ।कार्यक्रममा प्रमुख निर्वाचन आयुत्त केशवप्रसाद अधिकारीले बिजयी पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

 यसैगरी बिजयी पदाधिकारीहरूलाई इन्द्रपुर खानेपानीका निर्वतमान अध्यक्ष तथा सुन्दरहरैँचा नगरपालिकाका नगर  प्रमुख केदारप्रसाद गुरागाइले  प्रमाणपत्र प्रदान गरेका थिए ।

May be an image of 2 people, dais and text