सुन्दरहरैँचा,२५ जेठ  । मोरङको उर्लाबारी नगरपालिका–३ मा यात्रुबाहक बसमा आगजनी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगतको मंगलबारे सडक खण्डनजिकै मे१ख ३०७३ नम्वरको बसमा आगजानी भएको हो ।

उक्त बसको ठक्करले प्र१–०१–०१३ प २९० नम्बरको स्कूटरलाई ठक्कर दिएको भन्दै स्थानीयले बसमा आगजानी गरेका हुन् ।

स्कूटरमा सवार नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

कनकाई नगरपालिका ३ निवासी बस चालक ३२ वर्षीय टंक प्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मृतकको शव मदन भण्डारी ट्रमा सेन्टर मंगलवारेमा राखिएको छ ।