पथरी,३ असार । मोरङको पथरीशनिश्चरे नगरपालिका २ न. वडाको सार्वजनिक सुनुवाई,कार्य प्रगति तथा आगामी आर्थिक वर्षको लागि सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार वडा कार्यालयमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्ष २०७९/०८० मा भए - गरेका विकास योजनाहरू बारेमा
छलफल सहित सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विविध योजनाहरूबारे सुझाव दिएका थिए। वडावासीहरूले उठाएका सवालहरुको जवाफ वडा अध्यक्ष नैना साम्पाङ राईले प्रष्ट पारेका थिए।
उक्त अवसरमा कार्यक्रम वडा नं २ का वडा सदस्यहरू चन्द्रकुमार राई, खिलानाथ घिमिरे, अम्बिका लिम्बु, सीता भुसाल लगायत स्थानियहरुको उपस्थिति थियो।



