काठमाडौं,१७ असार  । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरब्याजमा ठूला नेता र राष्ट्रसेवक कर्मचारीको पनि संलग्नता रहेको बताएका छन् ।

संसदमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको छलफलका क्रममा प्रमुख सचेतक गिरीले यस्तो बताएका हुन् । उनले प्रतिनिधि सभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभई झुक्क्याउनका लागि ल्याएको आरोप लगाए ।

गिरीले भने, ‘मिटरब्याज गम्भीर विषय हो । गिरीले भने,राष्ट्रसेवक कर्मचारी, ठूला नेता, प्रहरीका उच्च अधिकारीको संलग्नता छ । ‘मिटरब्याज गम्भीर विषय हो यसका विरुद्ध राम्रो नीति ऐन बनाउनपर्छ ।’

नयाँ जनादेश प्राप्त गरेको ७ महिना हुँदा एउटा पनि विधेयक बनाउन नसक्नु सरकारको कमजोरी भएको भन्दै एकैदिन दुईपटक बैठक बसेर विधेयक टेबल गर्ने र छलफल गर्ने वातावरण बन्नु सरकारको चरम लापारवाही र गैरजिम्मेवारीका कारण भएको उल्लेख गरे ।