काठमाडौं,७ साउन । नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले कुनै पनि शैक्षिक संस्थामा अनेरास्ववियुले तालाबन्दी नगर्ने बताउनुभएकाे छ ।
आइतबार काठमाडाैंमा आयाेजित कार्यक्रममा बाेल्दै अध्यक्ष बडालले तालबन्दीरहित शिक्षालय अनेरास्ववियुकाे शैक्षिक सुधार अभियानको प्रतिबद्धता रहने बताउनुभयाे ।
तालाबन्दीका कारण विद्यालय, क्याम्पस र विश्वविद्यालयहरु अस्तव्यस्त भएका र विद्यार्थीकाे पढाइ प्रभावित भएकाे भन्दै उहाँले अबदेखि अनेरास्ववियुलले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी नगर्ने प्रतिबद्धता जनाउनुभयाे । तल्लो कमिटीलाई तालाबन्दी नगर्न निर्देशन दिइसकिएकाे अध्यक्ष बडालले बताउनुभयाे ।
विद्यार्थीकाे हक हित र अधिकारकाे लागि अनेरास्ववियु लड्दै आइरहेकाे स्मरण गराउँदै उहाँले शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि सधैं अग्रमाेर्चामा रहने प्रतिबद्धता पनि जनाउनुभयाे ।
विश्वविद्यालयका पदाधिकारी राजनीतिक नभइ क्षमता र याेग्यताका आधारमा नियुक्ति गर्न सरकारलाई दबाब दिने पनि उहाँले बताउनुभयाे ।


