काठमाडौं,१० साउन  । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज बुधवार पनि सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलवारदेखि सुनुवाइ सुरु भएको रिट हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियो ।