काठमाडौं, २ भदौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत माग्न १० करोड अफर गरिएको खुलासा गरेका छन  ।

सत्तापक्षले विश्वासको मतका लागि मन्त्री पद र १० करोड रुपैयाँकाे अफर गरेकाे अध्यक्ष लिङ्देनले शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका  छन  । 'पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौं सम्मै आइपुग्यो त'- उनले लेखेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छन् ।

थापाले विश्वासकाे मत लिनुअघि राप्रपा अध्यक्ष लिङ्देनले आर्थिक चलखेल भइरहेकाे सामाजिक सञ्जालमार्फत खुलासा गरेका हुन् ।