काठमाडौं,२८ साउन । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नेता कार्यकर्ता रित्तिदै गएका छन् ।

दिनप्रतिदिन कार्यकर्ता पुरानै घर एमालेमा फर्किनेक्रम बढ्दो छ । शनिबारमात्र वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमाले प्रवेश गरेकोमा आइतबार तीन दर्जन नेता कार्यकताई नेकपा एस त्यागेर एमाले प्रवेश गरेका छन् ।

366060078_309983314923880_1002449443580845004_nत्यसैगरी आइतबार ललितपुरको च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी पार्टीको युवा संघ अनुसाशन आयोगका अध्यक्ष एवम् भक्तपुर जिल्ला सचिवालय सदस्य दिपक थापा, युवा संघ केन्द्रीय सचिवालय सदस्य एवम् भक्तपुर जिल्ला इञ्चार्ज तेजबहादुर श्रेष्ठ, युवा संघ केन्द्रीय सचिवालय सदस्य युवराज खड्का लगायत ३६ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशी नेता कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।  उक्त पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार बिभाग इन्चार्ज राजेन्द्र गौतम लगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो ।