काठमाडौं,२९ साउन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतबिरुद्ध दायर गरिएको रिट खारेज भएपछि रिट निवेदक तारा बरालले होस गुमाएको पाइएको छ ।
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको ठीक दुई दिनअघि हनुमन्ते करिडोरको बिषयलाइ लिएर जिल्ला प्रशासन कार्यालयसमेत महेश बस्नेतविरुद्ध उच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो । अदालतले यही साउन १७ गते बरालको दुवै माग अस्वीकार गरी खारेज गरेको छ ।
उच्च अदालतले रिट नै खारेज गरे पनि बरालले भने महेश बस्नेतबिरुद्धको मुद्धा जितेका छौं भन्दै फैसलासमेत राख्नुभएको छ ।
बरालले अदालतको फैसलाको ठीक उल्टो प्रचार गरी बस्नेतको चरित्र हत्या गर्ने काम गर्नुभएको हो । अदालतले फैसलामा भनेको छ, ‘परमादेशसमेत जारी हुन माग गरिएतर्फ हेर्दा, सर्वाेच्च अदालतबाट मिति २०७६।११।१६ मा मालपोत कार्यालय भक्तपुरका नाममा परमादेशको आदेश जारी भएकोमा सो आदेश कार्यान्वयन गर्ने क्रममा मालपोत कार्यालय भक्तपुरको लिखित जवाफमा उल्लेख भएको देखिएको, सर्वाेच्च अदालतबाट जारी भएको परमादेश कार्यान्वयन गर्नु भनी यस अदालतबाट पुनः परमादेशको आदेश जारी गर्न आवश्यक देखिएन । प्रस्तुत रिट खारेज हुने ठहर्छ ।’
यस्ले बरालले मुद्धा हारेपछि होस गुमाएको प्रष्टै देखिएको छ । यस बिषयमा बस्नेतको सचिवालयले गम्भीर आपत्ति जनाउँदै कानूनी कार्वाहीको माग गरेको छ ।
‘अदालतबाट खारेज भइसकेको प्रष्ट पत्रसहित सामाजिक संजालमा महेश बस्नेत विरुद्धको मुद्दा जितेका छौं भन्दै अझै चरित्र हत्या गर्न सामाजिक संजालमा भ्रम फैलाउन तत्पर कथित अभियन्ता तारा बराललाई तत्काल कानुनी कार्वाहीको लागि सरकार संग जोडदार माग गर्दछौं,’ बस्नेतको सचिवालयले भनेको छ ।




















