- जोसेफ उराव
विराटचोक,२ भदौ । मोरङको बेलबारीमा बृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले बेलबारी नगरमा रहेका जनसंगठनहरुको संयुक्त आयोजनामा बृक्षा रोपण कार्यक्रम सम्पन्न भएको हो ।
शनिबार भएको बृक्षा रोपण कार्यक्रममा दुई किलोमिटर क्षेत्रफलमा ५ सयभन्दा बढी बासको बिरुवाहरु रोपिएको अनेरास्वबियु सुकुना क्याम्पस कमिटीका अध्यक्ष योगेश दाहालले जानकारी दिए ।
चिसाङ खोलाको तटमा रहेका जनताको घर,जमिन जोगाउने उदेश्यका बासको बिरुवा रोप्ने काम गरिएको राष्ट्रिय युबा संघ नेपाल मोरङका संयोजक प्रविन घिमिरेले बताए । नेकपा एमाले मोरङका सचिवालय सदस्य तथा जनसंगठन प्रमुख रविन थापाको प्रमुख पहलमा बृक्षा रोपण कार्यक्रम भएको संयोजक प्रविन घिमिरेले बताए ।
उक्त बृक्षा रोपण कार्यक्रममा,पार्टीका नेताकार्यकर्ता,राष्ट्रिय युबा संघ नेपाल,लोकतान्त्रिक आदिवाशी जनजाति महासंघ , खेलकुद महासंघ, अनेरास्वबियु सुकुना क्याम्पस कमिटी लगायतका जनसङठनहरुका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।





















