- जोसेफ उराव
केराबारी ,२ भदौ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले थालेका जन श्रमदान अभियानलाई साथ दिन शनिबार नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मोरङको टोलि केराबारी पुगेको छ ।
श्रम सस्कृतिको अभियानलाई विकास निर्माणमा जोडदेे स्वास्थ समाज निर्माणगर्ने प्रतिबदता जनाउदै राष्ट्रिय युवा संघ मोरङ जिल्ला कमिटीको टोलिले ७ न.वडामा रहेको मुगु खोलामा श्रमदान गरेको हो ।
भदौ ९ गते हुन विराटचोकमा हुन् गईरहेको नवाैँ जिल्ला अधिवेशनलाई भव्यता पुर्वक सफल बनाउने अभियानका साथ उक्त श्रमदान गर्न सहभागी भएको राष्ट्रिय युवा संघ मोरङका संयोजक प्रविन घिमिरेले बताए ।
जनताको सेवामा सक्रिय अध्यक्ष मिरिङचिङले केराबारीमा करिव १ महिना अघिदेखि प्रत्येक हप्ताको शनिबारकादिन श्रमदान अभियान चलाउदै आएका छन् । सोही अभियानको क्रममा आज केराबारी ७ न वडा समितिको आयोजनामा खोलाको तटबन्धनमा तारजीलिको काम गरिएको थियो ।
उक्त श्रमदान अभियानमा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगर,जनप्रतिनिधिहरु,युवा संघका केन्द्रीय सदस्य मनोज राई,अनेरास्ववियु मोरङ का सहसचिव सङ्गम कन्दंगवा गाउँ कार्यपालिका प्रवक्ता नारायण भुजेल वडा नं ७ र १ का वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहभागी संस्थाहरु मोरङसुनसरी सेवा समाज नेपाल, शुभ खानेपानी केराबारी,स्वतन्त्र नागरिक समाज, स्थानीयवासी लगायत सयौको संख्यामा युवाहरुको उपस्थिती रहेको थियो ।






















