विराटचोक,३ भदौ । मोरङको सुन्दरहरैचामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार विराटचोकको ब्यापार प्रवन्ध समितीको हलमा भएको अधिवेशनबाट ११ सदस्यीय नगर समिति निर्माण भएको छ ।
नगर सभापति पदका लागि टेकमणी न्यौपाने ( विवेक) र नवराज खरेलले दाबी गरेका थिए । न्यौपानेले सभापतिका उम्मेदवार खरेललाई ४ मतले पराजित गरेका हुन । न्यौपानेले ११७ मत प्राप्त गर्दा खरेलले ११३ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा खेमराज दाहाल, सचिवमा सरोज आचार्य निर्वाचित भएका छन भने कोषाध्यक्षमा टिकाप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका थिए ।
उक्त अधिवेशनमा तीन सय भन्दा बढी रास्वपा सदस्यहरु प्रतिनिधिरहेको रहेको निर्वाचनमा २३७ जना मतदाताले मतदान गरेका थिए ।




















