विराटनगर,४ भदौ  । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने गठबन्धन दलकाे दिउँसो १ बजे बसेको बैठकले निर्णय गरेकाे हो ।

प्रदेशसभाकाे बैठक बाेलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि बैठक बस्ने याँ नबस्ने भन्ने अनिश्चित थियाे । गठबन्धन दलकाे बैठकले आजै विश्वासको मत लिने निर्णय गरेकाे नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले बताए ।

उपसभामुख दनुवारले अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई जिम्मेवारी दिएर काठमाडौं गएकी थिइन् । गठबन्धन दलका सांसदले बैठककाे अध्यक्षता गरे मुख्यमन्त्रीले विश्वासको मत पाउदैनन् । उपसभामुखले बाेलाएकाे बैठक स्थगित गर्ने अधिकार नभएका कारण आजै विश्वासको मत लिने निर्णय भएको आङ्बाेले बताए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । गठबन्धन दलसँग ४७ मत नै छ ।