काठमाडौँ,४ भदौ । सत्ता गठबन्धनमा तिक्तता सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा आफ्ना दलका नेताहरूको प्रमाण भेटिदा समेत केही नगरेपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको हो । 

आइबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक डाकेका थिए । बैठकको सुरुमै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा आक्रोशित मुद्रामा देखिए । सुन काण्डमा कृष्णबहादुर महरालाई उन्मुक्ति दिएको र नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई अनावश्यक दुख दिएकोमा देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको झाँको झारे । 

बैठकमा सहभागी एक नेताका अनुसार देउवा सुरु देखिनै बोलिरहेका थिए । उनले गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति खुलेरै असन्तुष्ट जनाएका थिए । बैठकमै उनले सुन प्रकरणको नैतिक जिम्मेवारी गृहमन्त्री श्रेष्ठले लिनुपर्ने अडान लिएका थिए । बैठकमा सहभागी एक नेताले भने,‘देउवा जी सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत हुनुभएको थियो । उहाँले गृहमन्त्रीको खुलेरै विरोध गर्नुभयो ।’  देउवाले बैठकमै गृहमन्त्रीको संलग्नताविना त्यति ठूलो परिणामको सुन नभित्रिने बताएका थिए । 

‘शेरबहादुर देउवाको त्यो रूप हामीले कमै मात्र देखेका थियौँ । उहाँ बैठक अवधिभर आक्रोशित रूपमै प्रस्तुत हुनुभयो । कतै केपी ओलीको मेहनतको परिणाम हो कि भनेर बैठकपछि हाँसो पनि चल्यो । तर, प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकाप्रति काँग्रेसमा आशङ्का प्रस्ट देखियो’,ती नेताले भने । 

बैठकमा देउवाले उच्चस्तरीय आयोग बनाएर यसको नीतिगत छानबिन गर्नुपर्ने समेत बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई अनावश्यक टर्चर दिएको पनि देउवाले खुलेरै विरोध गरेका थिए ।

यो समाचार चक्रपथ छ