विराटनगर,४ भदौ । कोशी प्रदेश सभामा फेरी लफडा भएको छ । प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई वैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको हो ।

मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका छन् ।अध्यक्ष मण्डलकी अर्की सदस्य गीतालाई सभामुखको आसनमा बसाई मन्सुरीली विश्वासको मत दिएका हुन् । मत फिर्ता लिने समय चलिरहेका बेला उनले तिम्सिनालाई अध्यक्षता ग्रहण गर्न बोलाएका थिए ।

उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्ने दिन विरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् । उपस्थित ७७ जना रहेकोमा थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको थियो । एमालेबाट उपसभामुख बनेकी दनुवारले सत्ता गठबन्धनको तर्फ मत बहुमत पुग्न नदिने नीतिअनुसार बैठक छलेपछि कांग्रेसका मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए ।

मन्सुरीको मत नपाउने हो भने थापाले विश्वासको मत पाउने थिएनन् । त्यसैले उनले पनि थापालाई विश्वासको मत दिए । प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अध्यक्षता गर्ने व्यक्तिले दिएको मतको वैधानिकताबारे अब फेरी प्रश्न उठेको छ । अब यसबारे फेरिअदालतमा मुद्दा पर्ने संभावना छ ।