काठमाडौं,४ भदौ। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री लालबाबु पण्डितले कोशी प्रदेशमा मुख्यमन्त्री  उद्धव थापाले विश्वासको मत लिएको बारेमा आफ्नो विचार  प्रकट गर्नु भएको छ । नेता पण्डितले सोमबार साझ सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो विचार  प्रकट गर्नु भएको हो । 

  • यस्तो छ उहाँले लेख्नुभएको स्टाटस :

संविधान रक्षाको दावी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा भन्नै पर्ने भो- अव त अति भयो ।

संविधानले सभामुखको भूमिका तटस्थ र निस्पक्ष हुने मान्यता आत्मसात गरेको छ । तर कोशी प्रदेशमा गठवन्धनले सरकार गठनका लागि सभामुखको हस्ताक्षर प्रयोग गर्यो । अदालतले सरकार गठनमा सभामुखको भूमिकालाई असम्वैधानिक करार गरेपछि सभामुखलाई नै राजिनामा गराएर सभामुख विहिनताको स्थितिमा सरकार गठनको दावी प्रस्तुत गरियो । जवकी सरकार गठनकाे प्रकृया अघि बढाउनुपूर्व प्रदेशसभाको नेतृत्व चयनको प्रकृया अघि बढाउनु पर्दथ्यो ।

गठवन्धनले सर्वोच्च अदालतको निर्णय पछि तात्कालिक काम चलाउ सरकारलाई मान्यता दिएर सम्विधानतः नयाँ सरकार गठनको प्रकृया अघि बढाउनु पर्दथ्यो । तर त्यसो नगरी सत्ता गठवन्धनले कोशी प्रदेशमा सरकार विहिनताको अवस्था सिर्जना गर्यो। जबकी नेपालको संविधानले कुनै पनि तहमा सरकार विहिनताको कल्पना नै गरेको छैन ।

विश्वासको मत लिने सन्दर्भमा समेत सत्ता गठवन्धनले सम्विधानको हुर्मत लिने काम गरेको छ । सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आशन परिवर्तन गर्ने र मतदान गर्ने काम गरेर संविधानको ठाडो उलंघन गरेका छन् । जवकी संविधानले बराबरी मत भएको अवस्थामा मात्र सभामुखलाई मतदानको अधिकार दिएको छ ।

यसरी पटक पटक सम्विधानको हुर्मत लिने सत्ता गठवन्धनले संविधान रक्षाको दावीगर्नु 'सौ चुहे खाकर बिल्ली चली हजको' भने जस्तै हो। त्यसैले सबैले  एकस्वरमा भनौ-'इनफ इज इनफ'।

May be an image of text that says "खण्ड ६५) अतिरिक्ताड १५ नेपाल राजपत्र भाग ૧ मिति २०૭રાદાર ૧5५. प्रदेश सभाको गणपुरक संख्या यस संविधानमा अन्यथा लेखिएकोमा वाहक प्रदेश सभाका वैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुने प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गरिने छैन १5६. प्रदेश सभामा मतदान प्रदेश सभामा निर्णयका लाग प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निणय उर्पास्थित भई मतदान गर्नें सदस्यहरुको बहुमतवाट हुनेछ। अध्यक्षता गर्ने व्याक्तलाई मत दिने अधिकार हुने छेन। तर मत वरावर भएमा अध्यक्षता गनें व्यक्तिले आपनो निर्णायक मत दिनेछ।"