काठमाडौं, २७ असार । बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले घर पुरिंदा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।
काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले पुरिंदा एक जनाको र रामेछापमा एक जनाको मृत्यु भएको आईजी सचिवालयका एसपी रमेश थापाले जानकारी दिएका छन् । यता काभ्रेमा पहिरोले किच्दा तीन जना घाइते भएको एसपी थापाले जानकारी दिएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाले कहाँ के भयो ?
शुक्रबार बिहानैदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेका छन् ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म ११ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
२०७६– असार २७ गते ०७ः०० बजेदेखि १०ः५० बजेसम्मको बिपदका घटनाहरु :-



