काठमाडौं । झण्डै र्दुइ साता लामो सिंगापुर बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता हुनु भएको छ । उहाँ स्वास्थ्य उपचारपछि स्वदेश फर्किनु भएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर जानु भएका प्रधानमन्त्री ओली आज अपरान्ह सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु भएको हो ।

प्रधानमन्त्री ओली थाइ एअरको नियमित उडानमार्फत स्वदेश फर्किनु भएको हो । प्रधानमन्त्रीलाई विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, लगायत मन्त्रीहरु स्वागत गर्न विमानस्थल पुग्नु भएको छ । प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले काममा धेरै धपेडी नगर्न र नियमित परीक्षणको समयमा आलटाल नगर्न सुझाव दिएका छन् ।


