काठमाडौँ—स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० ले घट्दै रु दुई लाख ८३ हजार ५०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु १०५ ले घटेर रु चार हजार ४८५ निर्धारण गरिएको छ।
महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० र चाँदी प्रतितोला रु चार हजार ५९० मा कारोबार भएको थियो। त्यस्तै, सोमबार सुन प्रतितोला रु दुई लाख ८८ हजार ७०० तथा चाँदी प्रतितोला रु चार हजार ७३० मा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस चार हजार ६४ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६१ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।




















