नेकपा राष्ट्रिय एकता अभियानका केन्द्रिय सदस्य तथा सम्पादन समितिका अभियन्ता कमल बस्नेतले सर्वोच्च अदालतको फैसलालाई पार्टी एकताको अवसरका रुपमा लिन बताएका छन् । मंगलबार सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्न फैसला गरेसँगै उनले नेकपा पार्टी कार्यकर्तालाई यसलाई पार्टी एकताको अवसरका रुपमा लिन सम्पूर्णू कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।
‘फेरि एकपटक ठन्डा दिमागले सोच्ने मौका आएको छ, धेरै कूरा बिग्रिएको पनि छैन अहिले को अवस्था धैर्य र संमयमता अपनाउन बाँकी नै छ, अब सबै मिलेर अघि बढ्नु पर्छ,’ नेता बस्नेतले भने । उनले एकताको लागि सबैले आ–आफ्नो ठाउँबाट सोच्ने र योगदान गर्ने बेला आएको बताए ।
‘आम कार्यकर्ता को चाहना पनि पार्टी एकता र देश विकासको हो, अहिले को यो परिस्थितिमा आबेग ,उत्तेजना र अहम क्षणिक हुन् देश ,जनता र पार्टीको भबिश्यका लागि दीर्घकालीन सोच राखी पछिल्लो घटनाबाट पाठ सिक्दै सबै नेताहरूले आ आफ्नो क्षेत्र बाट सक्दो नेकपा एकीकृत रूपमा अघि बढाउन पहल गर्नु पर्छ,’ उनल भने ।
अनेरास्ववियूको पूर्व नेता समेत रहेका उनले सर्वोच्चको फैसालालई कसैले हार र जित र खुसी र निराशकाको रुपमा नलिई पार्टी एकताको रुपमा लिई अगाडी बढनु नै अहिलेको आवश्यकता भएको बताए ।




















