काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आज (शुक्रबार) अपराह्न ५ बजेसम्मको समय दिएपछि यस विषयमा छलफल गर्न अहिले बिहान नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्दैछ ।

पार्टीका सभापति शेरबहादुर देउवाले आज बिहान ९ बजे आफ्नै निवास (बूढानीलकण्ठ) मा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राख्न लागेको कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठन गर्न आज साँझ ५ बजेको समय दिएकी छन् । यो खबर लेख्दा त्यो समय सकिन अब लगभग ११ घण्टा मात्रै बाँकी छ । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय ‘जालसाँझी’ पूर्ण भएको भन्दै अहिले आलोचना भइरहेको छ । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको २१ घण्टामध्ये आधा समय राति नै बितिसकेको छ ।नयाँ पेजबाट