काठमाडौं, ८ जेठ । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना पना गरिदिएको तीन महिना पूरा भएको छैन । फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएको थियो ।

तर तीन महिना नपुग्दै फेरि संसद् विघटन गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छन् । त्यसअघि मध्यरातमा मन्त्रिपरिषद् बैठक बसेको थियो । मन्त्रिपरिषद् बैठकले मध्यरात संसद् विघटन गरी मुलुकलाई पुनः निर्वाचनतर्फ धकेलेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट सरकार गठनका लागि पेस गरिएको दाबी खारेज गर्दै मन्त्रिपरषद् बैठकको सिफारिसमा दुई चरणमा चुनाव घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले अबेर राति दुवै खारेज गरेकी थिइन् । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा चुनाव तोकेकी हुन् ।

president_Hnb5Zk3mP0-682x768 (1)

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मंसिर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८–२–८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्री ज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान् प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ’, राष्ट्रपति कार्यालयले अबेर राति जारी गरेको सूचनामा भनिएको छ । नयाँपेज बाट