कमरेड झलनाथ खनाल र माधव नेपाल नेकपा मालेका संस्थापक नेता हुन । नेकपा मालेको मात्र होईन २०३२ सालमा स्थापित नेकपा ( कोअर्डिनेशन केन्द्र ) को समेत स्स्थापक नेता हुन । स्थापना कालदेखी उनिहरू सहित थुप्रै कमरेडहरू को लगातार लगन मेहनतले पार्टी अघि बढ्दै गयो । कैयन कमरेडहरूले शहादत प्राप्त गर्नु भयो । कैयन कमरेडहरू जेल, नेल र यातना खान तयार हुनु भयो । दिव्य ५० वर्ष निरन्तर आफुले रगत, पसिना र सम्पूर्ण जीवन खर्चेको पार्टीको अहित गर्नु त परको कुरा अहित चिताउन पनि कसैले सक्दैनन । तर दुखको कुरा अहिले नेकपा एमालेले वडो पिडादायी स्थीती भोगी रहेको छ ।
नेकपा एमालेका अनुसाशन आयोगका अध्यक्ष कमरेड अमृत बोहोरा र स्थायी कमिटी सदस्य कमरेड मुकुन्द न्यौपाने पनि नेकपा मालेका संस्थापक नेता हुन । वहाहरूले आफ्नो घर परिवार सबै छोडेर पार्टी काम गर्नु भयो । वहाहरूले सामान्य पार्टी काम मात्र गर्नु भएन । पार्टीलाई आफ्नो घर र संगठनलाई जीवन ठान्नु भयो । पार्टी निर्माणलाई आफ्नो आम्दानीको रूपमा वुझ्नु भयो । सुन्दर, कृयाशिल र वलीयो पार्टी र त्यसको जनमतलाई नै आफ्नो उपलव्धी ठान्नु भयो । यस्तो आस्था र भावात्मक जगमा देशका हजारौ निष्ठावान युवाहरू पार्टीमा जोडिदै जानु भयो । २०३६ साल, २०४६ साल वाट २०५१ साल सम्म आई पुग्दा नेकपा एमाले देशको अत्यन्तै राम्रो सम्भावना भएको पार्टीको रूपमा स्थापित भयो ।
२०२८\०२९ सालको झापा आन्दोलनको जगमा स्थापित भएर आएको पार्टीको जगमा कमरेड रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, रत्नकुमार वान्तवा, मंगलमणी सत्तार, मुखलाल महतो, नेत्रलाल अभागी, सेतु विक लगायतका महान शहिदहरूको रगतले सिचेको छ । यो पार्टीको नसा नसामा झापा आन्दोलनका संस्थापकहरू र ईन्चार्ज कमरेड मोहनचन्द्र अधिकारी, महासचिव कमरेड सिपी मैनाली र कमरेड राधाकृष्ण मैनाली, कमरेड केपी ओली,क.नरेश खरेल सहित थुप्रै कमरेडहरूको लगाव, मेहनत र पसिना वगेको छ । त्यस यता पनि पूर्व मेची देखी पस्चीम महाकाली सम्मका सयौ कम्युनिष्ट क्रान्तीकारीहरूको लगन र मेहनत यसमा जोडिदै आएको छ । नेकपा मालेलाई देशव्यापी र जनव्यापी वनाऊन २०४३ सालको जनपक्षिय अभियान, २०४४ सालमा स्थापीत प्रजातान्त्रिक राष्ट्रिय एकता मंच, शिक्षक र विद्यार्थी आन्दोलनको भूमिका उत्तिकै महत्वपूर्ण छ ।
विशेष गरी २०३९ सालमा नेकपा मालेले गरेको नेतृत्व परिवर्तन र राजनितीक स्वतन्त्रताको लाइनको स्थापनाले नेकपा मालेलाई लोकप्रीय वनाउदै लग्यो । त्यसैको जगमा जनपक्षिय अभियान चल्यो । पार्टीले मोर्चा संगठनको रूपमा प्ररामंच स्थापना गर्यो । प्रजातन्त्र स्थापनाको आन्दोलनको पृष्ठभूमि वनाऊदै लग्यो । पार्टीमा आम जनताको आकर्षण बढ्दै गयो ।
यि सवै प्रगतीको पछाडि तत्कालीन महासचिव कमरेड झलनाथ खनालको कुशल नेतृत्व र कमरेड माधव कुमार नेपाल र कमरेड मदन कुमार भण्डारीको पृष्ट पोषणले काम गरेको थियो । पछि कमरेड मदन कुमार भण्डारी महासचिव वन्नु भयो ।
कमरेड मदन भण्डारी महासचिव भए पछि नेकपा माले व्यापक जन संगठनहरूको विस्तार गर्दै अरू व्यापक, विस्तारित र लोकप्रीय भएर गयो ।
२०४६ सालको जनआन्दोलनको सफलता पछि पार्टी देशको मूख्य राजनितीक शक्तीको रूपमा स्थापीत भयो । नेकपा एमाले र नेकपा मार्क्सवादी विच एकता भएर नेकपा एमाले वन्यो । यो एकताले पार्टीलाई कम्युनिष्ट आन्दोलनको इतिहास संग जोड्यो । नेकपाको पहिलो राष्ट्रीय महाधिवेशनका महासचिव कमरेड मनमोहन अधिकारी पार्टी अध्यक्ष हुनु भयो । नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालकी धर्म पत्नी तथा महिला नेतृ कमरेड सहना प्रधान पार्टीको नेतृत्वमा आऊनु भयो । यसले पार्टीलाई नया पुस्ताको जोश, जागर तथा पुरानो पुस्ताको अनुभव तथा गम्भीरता संग एकाकार गरायो । यसले २०४८ सालमा भएको आम चुनावमा नेकपा एमाले देशको दोश्रो ठुलो पार्टी र संसदमा प्रमुख प्रतिपक्षको रूपमा स्थापीत भयो ।
यस्तो पृष्ठभूमिवाट आएको नेकपा एमालेले एकता र विभाजनका थुप्रै अनुभवहरू संगालेको छ । सवै खाले अनुभव र पिडा सहदै आएको पार्टीको २०५१ देखी २०६४ साल सम्म कमरेड माधव नेपालले महासचिव रूपमा नेतृत्व गर्नु भयो । २०६४ सालमा माओवादी लहरको कारणले एमाले तेश्रो पार्टी भएको थियो । २०७० सालमा कमरेड झलनाथ खनालको नेतृत्वमा भएको संविधान सभाको चुनावमा पार्टी प्रमुख प्रतिपक्षी रूपमा स्थापित भयो । नेकपा एमाले शक्तीशाली पार्टी भएको कारणले संविधान लेखन पनि संभव भयो । देशमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर राजनैतिक स्थीरता को ज्ञारेण्टी गर्ने नया संविधान जारी भएको छ । आज हामी नया संविधान अनुसार भएको निर्वाचनले स्थापीत गरेको संसदलाई पटक पटक विघटन गरेर छेडखानी गर्नमा व्यस्त छौ । दोश्रो पटक विघटन गरी सकेका छौ ।
अहिले पनि हामी कम्युनिष्ट पार्टीको कुरा गरिरहेका छौ । आफुलाई कम्युनिष्ट भएको डिङ हाकी रहेका छौ । रियलमा कम्युनिष्ट पार्टीमा सामुहिक नेतृत्व व्यक्तीगत जिम्मेवारी हुन्छ । विडम्बना हाम्रो पार्टीमा अहिले व्यक्तीगत निर्णय सामुहिक तावेवारी चली रहेको छ । यस्तो उल्टो चाल कतिञ्जेल चल्ने हो । पार्टीका संस्थापक नेताहरू, पूर्व महासचिवहरू, वरिष्ट नेताहरू कसैलाई पनी पार्टीमा छिर्न दिईदैन । तर निर्णय मान्न चाही वाद्य वनाऊने अभ्यास हुदैछ । यस्तो कतिञ्जेल चल्ने हो ? पार्टी नेता नमान्ने, उनिहरूको हैसियतमा सहभागी नगराउने, नवौ महाधिवेशनले निर्वाचित गरेका पदाधिकारीलाई उनिहरूको जिम्मेवारीवाट अवैधानिक ढंगले मुक्त गरिदिने अनी हली वनाएर राख्ने प्रयास हुदैछ । यस्तो तमासा एउटा राजनितीक प्राणीले कतिञ्जेल सहि रहन्छ ? यस्तो तरिकाले पार्टीको भविष्य कसरी सुन्दर बन्दै जान्छ होला ?
हुदा हुदा अव त पार्टीका प्राय सवै संस्थापक नेताहरू कार्यवाहीको लीष्टमा चढि सकेका छन । कमरेड मोहन चन्द्र अधिकारी, सिपी मैनाली र आरके मैनाली पहिले नै पार्टीवाट बाहिरीई सक्नु भएको छ । अहिले कमरेड झलनाथ खनाल, कमरेड माधव कुमार नेपाल र कमरेड मुकुन्द न्यौपाने समेत कार्वाहीको लीष्टमा चढ्नु भएको छ । कमरेड अमृत कुमार बोहोरा सहित अरू थुप्रै कमरेडहरू लाइनमा हुनु होला । सहिमा हामी कस्तो पार्टी वनाऊदैछौ । हाम्रो चिन्तन र काम गराई हेर्दा गज्जव लाग्छ । नेकपा हुदा प्रचण्ड मुक्त पार्टीको नारा लगाईयो । एमाले भएपछि माधव नेपाल मुक्त पार्टी भनिदैछ । हुदा हुदा पार्टीमा लगानी गरेका, विचार निर्माणमा भूमिका खेलेका र संगठन निर्माण गरेका प्राय: नेताहरूलाई कार्वाही गरेर निकाल्ने चर्चा सुनिदैछ । यसो गरेर कहि मार्क्सवादी विचार मुक्त पार्टी त वनाईदै छैन ? प्रश्न खडा भएको छ ।
अहिले पार्टीमा नेतृत्वको ठुलो समुह असन्तुष्ट रहेको छ । लामो समय देखी अलग संरचनामा छ । यसको अर्थ नेतृत्वमा समस्या खोज्नु आवस्यक हुन्छ । पार्टिका वैधानिक निकायहरूले समग्र पार्टीको वास्तविक नेतृत्व गर्न नसके पछि यस्तो अवस्था पैदा हुन्छ । पार्टीको मुल नेता वैधानिक मात्र हुदा र पार्टी भित्रको राजनितीक र वैचारीक समस्यालाई प्रशासनिक ढंगले समाधान गर्न खोज्दा यस्तो समस्या देखा पर्छ । नेताहरू माथिको प्रशासनिक कार्यवाही कहिल्यै पनि समस्याको समाधान होइन । अझ कार्यवाहीलाई पनि आफ्नो स्वार्थका लागी एउटा नाटकीय ढंगले प्रयोग गर्नुलाई कसैले पनि सहि र जायज ठहर्याउन सक्दैन । यसले पार्टीमा कुनै सुखद परिणाम पनि दिँन सक्दैन ।
यसरी पार्टी काममा खास महत्व नदिने, महाधिवेशनले निर्वाचित गरेका जीम्मेवार व्यक्तीहरूलाई अवैध ढंगले हटाई दिने, पार्टीका वैठकहरूवाट वन्चीत गर्ने या अलग राख्ने, महत्वपूर्ण निर्णयहरूमा सामेल नगर्ने र आफ्ना आसे पासेहरूको जमघटलाई मात्र पार्टी ठान्ने तरिकाले कसरी पार्टी भित्रको समस्याको समाधान होला ? अझ कमरेड झलनाथ खनाल र कमरेड माधव कुमार नेपाल जस्ता लामो समय पार्टीको नेतृत्व गरेका व्यक्तीत्व र पार्टी भित्र ईमान, जमान र सरलताको प्रतीकको रूपमा स्थापीत कमरेड अमृत कुमार बोहोरा र मुकुन्द न्यौपाने जस्ता नेताहरूलाई कार्वाही गरेर हामी के शन्देश दिन खोजिरहेका छौ ? कस्तो कम्युनिष्ट पार्टी वनाऊन खोजी रहेका छौ ? निस्चय पनि यसको परिणाम सुखद र हितकारी नहुन सक्छ ? सवै जिम्मेवार पक्षहरूले गम्भीर भएर सोच्नु आवस्यक छ । सवैलाई चेतना भया ।।।