फिजिमा सन् १९७७मा भारतको दबाबमा भारतीय मुलका नागरिकहरुलाई नागरिकता दिने निर्णय गरियो सन १९८७ देखि १९९० सम्म फिजि राष्ट्र संविधान बिहिन अवस्थामा रहयो यही संक्रमणकालको फाईदा उठाएर भारतले उक्त समयमा फिजिमा रहेका सबै भारतीय मुलका नागरिक हरुलाई नागरिकता दिनुपर्नै दबाव सृजना गर्यो ।जस अनुसार फिजिमा जन्मेका जुनसुकै भारतीय नागरिकले नागरिकता पाउन सक्ने फिजिको संविधान को धारा २० मा व्यवस्था गरियो ।
सन् १९८१ मा ५८८ जनाको संख्यामा रहेका भारतीय हरु सन् १९९६ सम्म आईपुग्दा ३ लाख ३९ हजार पुगे । नकक्ली नागरिकता को आडमा भारतीय नागरिक महेन्द्र चौंधरीले फिजिको चुनाव लडे र ७१ सिट रहेको फिजिको संसदीय चुनावमा ३७ सिट भारतीय मुलकाले जितेर भारतीय नागरिक महेन्द्र चौधरी फिजिको प्रधानमंत्री बने ।
३ लाख ३९ हजार जनाले नागरिकता लिदा यो स्थिति आयो भने १करोड ६० लाख भारतीयले नेपाली नागरिकता लिदा कस्तो अवस्थामा पुगिएला हामी नेपाली ? आज विधा र ओलीले जारी गरेको अध्यादेशमा नेपालमै जन्मेका भारतीयले मात्र नभएर भारतीय नागरिक संग विवाह गरी नेपाली महिलाबाट जन्मे का सबै सन्तान ले वंशजको आधारमा नागरिकता पाउने व्यवस्था छ ।
शान्त सरल मनले सोचौ के हाम्रो राष्ट्रीयता भन्दा माथि विधा ओली हुन ? के ओली र ओली लाईनका नेता-कार्यकर्ता बाहेकले नेपाल चल्दैन ? के हामीलाई सत्ता र शक्ति को चाकरी गरेर मात्र जीवन धान्ने बानी परेको हो ? के हाम्रो औकात नेता को हक्के चिलिमे र फेसबुके दरबान जत्तिकै हो ? आज प्रधानमंत्री को उक्साहट र लहलहैमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश को अर्थ फिजिको भन्दा लाखौं गुणा भयावह छ !




















