काठमाडौं,३१ जेठ । नेकपा एमालेका नेता रामप्रसाद रिजालले सर्वोच्च अदालतको फैसला अनुरुप एमाले पार्टीलाई २०७५ जेठ २ को अवस्था मा पार्टी का सम्पूर्ण संरचना हरु व्युझाउनु पर्ने बताएका छन । अनलाइन सगरमाथासँग कुरा गर्दै नेता रिजालले फागुन २८ को ओलीको गुट भेलाले गरेको निर्णय हरु खारेज गर्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेस र जसपालाई सरकार बनाउने चाबी नसुम्पियौं एमालेकै नेतृत्वमा बाम सरकारलाई निरन्तरता दिनुपर्छ । पार्टी कमिटी लाई विधिः पद्धतिमा चलाऔं जनताले वाम गठवन्धनलाई जनमत दिएकोले यही गठबंधनको नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्छ ।’ त्यसको लागि एमाले पार्टीको पदाधिकारी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाएर आवाश्यक निर्णय गरेर जानुपर्नेमा नेता रिजालको जोड छ ।

ओली पक्ष ले नेपाल लगाएत उनको पक्षलाई गरेको कारवाही विना शर्त फिर्ता गर्नुपर्ने भन्दै नेता रिजालले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुको सट्टा राजीनामा दिएर एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्ने बताए । जसलाई माओवादी केन्द्रले पनि समर्थन गर्ने यसो गर्दा एमाले पनि एकीकृत हुने र जनमत को पनि कदर हुने उनले बताए ।

रामप्रसाद रिजाल समाजवादी पार्टीका पूर्व सहप्रवक्ता, नेकपा केन्द्रीय संघर्ष समिति सदस्य तथा हाल नेकपा एमालेमा आवद्ध छन ।