पथरी शनिश्चरे १३ असार । मोरङको पथरी शनिश्चरे नगरको योजना अनुगमन समितिले २ योजना अनुगमन् गरेको छ ।
चौतारी सामुदायिक वन उपभोक्ता समितिको अगुवाईमा निर्माण हुँदै गरेको वडा नम्बर २ स्थित बोक्रेचोक उत्तरको पैनीको कल्भर्ट र ८ नम्बर वडाको दुर्गा आधारभूत विद्यालयको टिनको छानोको अनुगमन् भएको हो ।
उपप्रमुख एवम् योजना अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहिततको टोलीले योजना अनुगमन् गरेको हो ।
दुर्गा आधारभूत विद्यालयमा आवश्यक टिनको छानो निर्माणका लागि ३ लाख र त्यहाँ लिम्बू भाषाको पठनपाठनका लागि ५० हजार रुपैयाँको कार्यक्रम नगरबाट प्रदान गरिएको थियो । अन्य वजेटमा कल्भर्टको निर्माणका लागि ५० हजार रुपैयाँ थप प्रदान भएको थियो ।


