रंगेली, १४ असार । तत्कालीन नेकपा एमालेका महासचिव जननेता स्वर्गीय मदन भण्डारीको जन्म जयन्तीको अवस्वरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले रंगेली नगरकमिटीको आयोजना आज भएको बृक्षारोपण कार्यक्रममा पाचसय वोटा बिरुवाहरु रोपिएको हो । रङेली नगरपालिकाको पश्चिम सिमाना लोहन्द्रा बाधमा मसला , मलेसियन सखुवा, टिक र आमलाका बिरुवाहरु रोपिएको नेकपा एमाले मोरङको सचिवालय सदस्य मनोज अग्रवालले जानकारी दिए ।

जननेता स्वर्गीय भण्डारीको ७० औ जन्म जयन्तीको अवस्वरमा भएको भएको सो बृक्षारोपण कार्याक्रममा नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य रंगेली सहइन्चार्ज मनोज अग्रवाल, जिल्ला कमिटी सदस्य भुमा पराजुली, डिल्ली घिमिरे नगर अध्यक्ष दल बहादुर बस्नेत सचिव जितलाल मण्डल तथा युबा संघ, अनेरास्ववियुका नेताहरुको आतिथ्यमा भएको थियो भने स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।