काठमाडौं, १५ असार । ललितपुरको महालक्ष्मी नगरपालिकामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं महिमा र सम्झनाटोल सुधार समितीको संयुक्त आयोजनामा मंगलबार महालक्ष्मी नगरपालिकाको वडा नम्बर १ स्थित सम्झना टोलको मुल सडकमा सरसफाइ गरीएको हो ।

सरसफाइ कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं महिमाका चार्टर्ड प्रेसिडेन्ट लायन गणेश आचार्य र सम्झना टोल सुधार समितीका अध्यक्ष अभिषेक खत्रीको नेतृत्वमा सम्पन्न भएको छ । साथै लायन्स लिडरहरु टोलबासीहरुको पनि बाक्लो उपस्थितिमा एक्दमै उत्साहका साथ सहभागी गराइ भब्य र सब्य रुपमा सम्पन्न भएको स्थानिय सामाजिक अभियन्ता दाताराम कार्कीले बताए ।

सरसफाइ कार्यक्रममा सहभागी हरुलाई अन्त्यमा रमाइलो गर्ने उद्देश्यले दहि चिउरा खाने व्यवस्था मिलाई असार १५ समेत मनाइएको सम्झनाटोल सुधार समिती का अध्यक्ष अभिषेक खत्रीले बताए ।

208105529_189886606399703_8057970180056038369_n

206836186_534237157750363_5629398620346918612_n

 

206836186_534237157750363_5629398620346918612_n

205345891_1706626883058635_4868684808075248564_n