नेकपा एमालेमा विधि पद्दति पक्षधर र म नै सबकुछ हुँ भन्ने ठान्ने केपी ओली गुटको विचमा चलेको विवाद मत्थर हुने भन्दा पनि झन झन घनिभूत भैरहेको त प्रष्ट नै छ ।
हुन पनि किन नहोस म मात्रै सबथोक हुँ , मैले भनेको नै विधान अनि त्यही नै संविधानको शैलीमा हिडने केपी ओलीले आफ्ना तमाम गल्ती स्विकार्ने काम गर्ने कुनै छनक देखिन्न अनि भएको सबै त्यागेर आफुले समेत मिलेर बनाएर जनतालाइ बताएको नीति सिद्धान्तको पक्षमा उभिएर पार्टी भित्र अनि वाहिर पनि न्यायको निम्ती लडेको अर्को पक्षले केपी ओलीको दम्भ र अहंकारमा आधारित हुँकार स्विकार्न सक्ने र मिल्ने कुरै भएन ।
तर पनि एकताको चर्चा हुन छोडेको छैन र त्यस्तो चर्चाले महत्व पाइनै रहेको छ । जुन स्वाभाविक छ किन भने नीति सिद्धान्त प्रतिको प्रतिवद्धताले एमाले भएकाहरुलाइ यो पार्टी एकता होस भन्ने हुने नै भयो भने लामो समय सम्म एमालेको निष्ठावान र इमान्दार नेतृत्व देखेको जनताको पंक्तिले पनि सवल र सग्लो एमाले भैदिए हुन्थ्यो भन्ने ठान्ने नै भयो जसले गर्दा एकताको चर्चा मात्रैले पनि ठुलो हलचल ल्याउने गर्छ।
तर वास्तवमा भन्नु पर्दा एमाले एकताको वाधक जो हो वहाँ अहिले पनि एकताको पक्षमा नरहेको नभएको पक्कै हो । एमालेको महाधिवेशनबाट निर्वाचित कमिटिहरुको सक्रियताको स्वाभाविक माग राख्ने माधव नेपाल झलनाथ खनालहरु त एकताको वाधक हुँदै हैन नि , एकताको वाधक त पार्टीको विधान देखि देशको संविधान भन्दा आफु ठुलो ठान्ने केपी ओली र वहाँको जाली झेली मनासिकता हो । वहाँले गरेका जाल झेलको वृतान्त वर्णन गर्ने हो भने लामो हुन्छ किनकि यसको लामो शृंखला छ ।
भर्खरै मात्रै पनि वहाँले अवैधानिक मात्रै नभई संवैधानिक रुपमा समेत त्रुटीपूर्ण रहेको कथित माहाधिवेशन आयोजक कमिटिको वैठक बोलाएर त्यसलाइ केन्द्रिय कमिटिमा रुपान्तरित भयो भन्दिनु भयो र वाहिर हल्ला गर्नु भयो कि एमालेलाइ माधव नेपालहरुको माग बमोजिम जेठ २ मा फर्काउने भयौं । जे जसरि गुटको वैठक गरेर महाधिवेशन आयोजक कमिटि बनाउने भनियो त्यो नै अवैधानिक , असंवैधानिक थियो अनि त्यसको वैठक राखेर , गुट प्रति प्रतिवद्ध रहेकाहरुलाइ राखेर बनाइएको त्यो आयोजक कमिटिलाइ नै केन्द्रिय कमिटिको नाम दिएर अनि अव जेठ २ मा जाने भइयो भनेको सुन्दा चाहिं हाल भूतपूर्व भैसकेका एक जना वरिष्ठ प्रहरी अधिकारीले वाहल हुँदै सुनाउनु भएको एउटा कथाको याद आयो ।
उल्लेखित कथा भन्ने ति प्रहरी अधिकृतले आफ्नो जीवनको तत्कालिन वाध्यता र विवशताका विच घटेको एउटा हाँसो लाग्दो घटना विवरण यस्तो छ ; प्रहरीमा इन्स्पेक्टर भएर इन्चार्ज रहेको अवस्थामा वहाँलाइ भेटन वहाँको गाउँको एकजना आदरणीय मानिस आएछन । गाउँ बाट आफुलाइ भेटन आएका ति बुज्रुकलाइ सकेको मान मनिता गरेर विराजमान गराउने क्रममा इन्स्पेक्टर साबले सोधेछन “ काका केहि पिउने हो कि ?” , काकाले पनि भनेछन “ हाम्रो गाउँको इज्जत बनेको इन्स्पेक्टर बाबुकोमा आएको छु अव पिउने नि तर जोनीवाकर व्हिस्कि वाहेक अरु नखाने ।” तत्कालिन अवस्थामा विरलै पाइने र थोरैले मात्रै किन्न सक्ने जोनिवाकर कम्पनीको व्हिस्की , चलनचल्तीको भाषामा ‘रेड लेवल’ वाहेक अरु नखाने भने पछि इन्स्पेक्टर साबलाइ फसाद परेछ ।
अनि आफ्नो भान्सामा रहेका केहि रक्सीहरु ( जो प्राय प्रहरी अधिकृतहरुले कहीं कतै बाट पाएको वा पाहुनालाइ भनेर खरिद गरेर राख्ने गर्छन ) के के छन भनेर हेर्न गएछन । उनको रक्सि राख्ने ठाउँमा जनिवाकरको रेड लेवल त रहेछ तर थोरै तुर्को बाँकी , अनि इन्स्पेक्टर साबले जुक्ती निकालेछन । जनिवाकरको व्हिस्कीको बारेमा सुनेको तर कहिले नखाएको अनि खान असाध्यै मन लागेको काकालाइ पनि निरास नपार्ने आफुले पनि जोहो गर्नु नपर्ने बाटो खोजेर इन्स्पेक्टर साबले रित्तिन लागेको रेड लेबेलको बोतलमा अलिक सहज पाइने ब्यागपाइपर व्हिस्की हालेर काकालाइ दिएछन ।
आफुलाइ गाउँले इन्स्पेक्टरले मान गरेर रेड लेवल खुवायो भन्ने ठानेर दंग परेका काकालाइ इन्स्पेक्टर साबले सोधेछन “ काका कस्तो छ त व्हिस्की ?” अनि काकाले भनेछन “ अरे बाफ़्रे क्या गजव , त्यसै होत जनीवाकर ” । हो अहिले नेकपा एमालेलाइ जेठ २ मा पुर्याएँ भनेर केपी ओलीले गर्नु हुने दावी त्यही इन्स्पेक्टर साबले काकालाई रेड लेवल खुवाएँ भने जस्तै हो । बरा इन्स्पेक्टर साबले त वाध्यता र विवशताले नै भएपनि रेड लेवलको फर्जी जोहो गरे , काकाले थाहा पाएनन रेड लेवेल नै खाएँ भनेर दंग परे । तर एमाले बनाउने , यसलाइ हुर्काउने र अप्ठेरोमा जोगाउने मेहेनती र अध्यनशिल एमाले पंक्ति चाहिं काका जसरि झुक्किने वाला छैन ।


